तपाईँ सुन्दै हुनुहुन्छः

दलहरुबीच अन्तर्विरोध बढे व्यबस्थामा नकारात्मक असर पर्नेः सभामुख महरा

काठमाण्डौ । सभामुख कृष्णबहादुर महराले संसदीय अभ्यासलाई प्रभावकारी बनाउन सबै राजनीतिक दलहरुलाई आत्मसमीक्षा गरि अघि बढन आग्रह गर्नुभएको छ ।

ससंद दिवसका अवसरमा पूर्व सांसद मञ्चले आज संघीय संसद भवन नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा सभामुख महराले लोकतन्त्र, गणतन्त्र, गर्नुभयो ।

सभामुख महराले २०१६ सालमा पहिलो पटक नेपालमा संसदको स्थापना भएको र यसबीचमा पटकपटक संसदीय व्यबस्था खोसिएर जनताले पाएको अधिकार पनि गुमेको अवस्थाबाट सिक्दै वर्तमानमा देखिएका समस्या र चुनौतिको समाधान गर्न पूर्व एवं वर्तमान सांसदहरु तत्पर रहनुपर्ने बताउनुभयो ।

कार्यक्रममा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले मुलुकको भविष्य समृद्ध र सुनौलो बनाउन संसदीय ईतिहासबाट सिक्दै वर्तमानमा कदम चालिनुपर्ने बताउनुभयो । उपसभामुख तुम्बाहाम्फेले नेपालको संसदीय ईतिहासमा आजको दिन गौरवपूर्ण रहेको बताउनुभयो ।

पूर्वसभामुख एवं पूर्व सांसद मञ्चका अध्यक्ष तारानाथ रानाभाटले सामाजिक सदभाव कायम गरी राष्ट्रिय एकता मजबुत बनाउन आवश्यकता रहेको भन्नुहुँदै यसका लागि सरकार, सांसद, पूर्वसांसदहरुको सहयोग र समन्वय अपरिहार्य रहेको बताउनुभयो ।

नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले संविधानको जगमा उभिएको संघीय, गणतन्त्र, लोकतान्त्रिक व्यवस्थामा सबै राजनैतिक दलहरुले संसदमा संसदीय व्यवस्थाको सम्मान गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सांसदहरु दिनानाथ शर्मा र सुरेन्द्र पाण्डे लगायतका सांसदहरुले ऐन कानुन निर्माणमा सत्तापक्ष प्रतिपक्ष सबै दलहरु सहकार्य र सहयोग गर्दै मुलुकको विकास निर्माणमा एकताबद्ध भएर अघि बढनुपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्लिसेना, पूर्व सभामुख तथा उपसभामुखहरु, कानूनमन्त्री लगायत सांसद एवं पूर्वसांसदहरुको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button