तपाईँ सुन्दै हुनुहुन्छः

एपीएफद्वारा थ्री स्टार क्लब पराजित

अजय बम । एपीएफ क्लवले राजधानीमा जारी ललित मेमोरियल यू–१८ फुटबल प्रतियोगितामा थ्री स्टार क्लबलाई हराएको छ ।

एन्फा कम्पलेक्स सातदोबाटोमा सोमबार भएको खेलमा एपीएफले १० खेलाडीमा सिमित थ्री स्टार क्लबलाई ५–२ को गोल अन्तरले पराजित गरेको हो ।

१७ औं मिनेटमा थ्रि स्टारका रोहित राणाभाट रातो कार्ड पाउँदै मैदान छाडेपछि थ्रि स्टार १० जना खेलाडिमा सिमीत भएको थियो ।

एपिएफका लागि बिपिन थापा मगरले २१ औं मिनेटमा गोल गरी एपीएफलाई शुरूवाती अग्रता दिलाए । त्यसको तीन मिनेट वित्न नपाउँदै रञ्जन पुनले २४ औं मिनेटमा अग्रता दोब्बर बनाए ।

खेलको ३३ औं मिनेटमा एपीएफका रोशन प्रधानले गोल गरेपछि एपीएफ ३–० गोलले अगाडि रह्यो ।

पहिलो हाफको अन्त्यतिर थ्री स्टारका लागि दिप्सन राउतले गोल गर्दै अग्रता ३–१ मा झारेका थिए । दोस्रो हाफमा एपीएफले २ गोल थपेको थियो ।

दोस्रो हाफ शुरू भएको तेस्रो मिनेटमै थ्री स्टारका सुमन श्रेष्ठले गोल गर्दै एपीएफको अग्रता ३–२ मा ल्याए । एपिएफका लागि रञ्जन पुनले ७३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे भने समिराज थोकरले ८६ औं मिनेटमा गोल गरेपछि एपीएफ ५–२ गोलले विजयी भयो ।

एन्फाले तत्कालिन उपाध्यक्ष स्व. ललितकृष्ण श्रेष्ठको सम्झनामा ललित मेमोरियल यू –१८ फुटबल प्रतियोगिता आयोजना गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button