तपाईँ सुन्दै हुनुहुन्छः

दुर्घटनामा दुई जनाको मृत्यु

कावासोती । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–८, स्थित जङ्गलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ ।

आज बिहान नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको ट्रकले नारायणगढतर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रुपन्देही देवदह नगरपालिका–७ बस्ने २७ वर्षीय मिलन भट्टराई र मोटरसाइकलमा सवार ३३ वर्षीय तारा पोखे्रलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button