तपाईँ सुन्दै हुनुहुन्छः

बालिकालाई करणी गर्ने पक्राउ

अछाम-अछाममा ७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । बालिका जबर्जस्ती करणी गरेको आरोपमा साँफेबगर नगरपालिका–४ का मदन बादीलाई अछाम प्रहरीले पक्राउ गरेको हो ।

बालिकालाई एक्लै भएको मौका छोपी आइतबार दिउसाे साढे १ बजेतिर मुख च्यापेर जबर्जस्ती करणी गर्न लागेको अवस्थामा स्थानीयवासीले देखेपछि बादीलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासीले टेलिफोनमार्फत जानकारी गराएपछि ईलाका प्रहरी कार्यालय साँफेबगर र जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले घटनाको प्रारम्भिक अनुसन्धान गरी बालिकाका बुबाले दिएको किटानी जाहेरीका आधारमा निज मदन बादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी जनक बहादुर शाहीले बताउनु भयाे ।

आरोपी बादीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर जबर्जस्ती करणी उद्योग मुद्दामा थप अनुसन्धान गरिरहेको डिएसपी शाहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button