२०७८ साल वैशाख ७ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

छात्रामा अनौठो समस्या, १२ छात्रा एकैसाथ बेहोस

रेडियो नेपाल २०७६ असार १७ गते ८:२६

लम्की-कैलालीको भजनी नगरपालिका–१ स्थित महुन्याल माध्यमिक विद्यालय भजनीमा अध्ययनरत छात्रामा अनौठो समस्या देखिएको छ । बिहानीको विद्यालय समयमा छात्राहरु बर्बराउने, मान्छे नचिन्ने, छट्पटाउने र बेहोस हुने गरेका छन् । कक्षा ७ र ८ मा अध्ययनरत १३ देखि १८ वर्ष उमेर समूहका १२ छात्रा सोमबार बेहोस भएका हुन् ।

उनीहरुको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भएको छ । विद्यार्थीमा कन्र्भसन डिसअर्डर (मास हिस्टेरिया) को समस्या देखिएको भजनी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख वीरेन्द्र सापकोटाले बताउनुभयो । स्वास्थ्य केन्द्रमा आएका विद्यार्थीको अवस्थामा सुधार भइरहेको उहाँले बताउनुभयो ।

सम्बन्धित

नेपालले टस जितेर ब्याटिंग गर्दै

१० मिनेट अगाडि रेडियो नेपाल

टुकी बाल्ने गाउँमा बिजुली पुगेपछि …

२६ मिनेट अगाडि सानेबहादुर नेपाली