तपाईँ सुन्दै हुनुहुन्छः

शासकहरुका दृष्टिकोणको अभावमा मुलुक पछि परेको हो, अब यो स्थिति रहन्न : प्रम

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको श्रमशक्तिको समुचित उपयोग हुने नीति र कार्ययोजना आवश्यक रहेको बताउनुभएको छ ।
पोखरा विश्वविद्यालयको २० औं साधारणसभाको मंगलबार बालुवाटारमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपालको श्रम शक्तिलाई कसरी सदुपयोग गर्ने भन्ने बिषयमा विश्वविद्यालयहरुले योजना बनाउन सक्नेतर्फ ध्यानाकर्षण गराउनुभयो । “हाम्रोमा देश विकास गर्ने जनशक्ति छ तर बाहिर गईरहेको छ । देशमा काम पाएको छैन । पायो भने सीप र क्षमता छैन, ‘प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यसकारण हामीसँग भएको जनशक्तिलाई कस्तो प्रकारको सीप र शिक्षा दिने भन्ने योजना विश्वविद्यालयले बनाएर त्यहीँबाट कार्यान्वयन सुरु गर्नुपर्दछ ।’
प्रधानमन्त्री ओलीले नेपाल विद्वान पूर्खाको देश भएको उल्लेख गर्दै पौराणिक कालका ऋषिमुनीहरुले यही भूमिबाट ज्ञान प्राप्त गरेको बताउनुभयो । उहाँले भन्नुभयो “शासकहरुमा दृष्टिकोणको अभाव हुँदा नेपाल केही समय पछि परेको हो तर अब यो अवस्था लामो समय रहदैन । ”
प्रधानमन्त्री ओलीले देशको आवश्यकता र शिक्षाको तादम्यता नमिल्दा ठूलाठूला योग्यता हासिल गरेका मानिसहरु पनि बरोजगार बन्नुपरेको बताउनुभयो, ‘कोही खेत बेचेर पाइलट बनेका छन् तर जहाजको छेउमा पनि जान पाउदैनन्’ प्रधानमन्त्री ओलीले भन्नुभयो “यस्तो अवस्थामा उसको समय, स्रोत सबै खेर जान्छ । त्यसकारण रोजगारीका अवसर कहाँ छन् भनेर पहिचान गरेर मात्र शिक्षामा लगानी गर्नु पर्दछ ।”
प्रधानमन्त्री ओलीले त्यस ठाउँको आवश्यकता, रोजगारीको अवसर आदि कुराको बिश्लेषण गरेर मात्र विश्वविद्यालयहरुले नयाँ शैक्षिक संस्थाहरुलाई सम्बन्धन दिनुपर्ने मा जोड दिनुभयो । “ विश्वविद्यालयहरुले जथाभावी सम्बन्धन दिने काम बन्द गर्नुहोस ”प्रधानमन्त्री ओलीले भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button