तपाईँ सुन्दै हुनुहुन्छः

घुम्ती सेवाबाट ७३ लाई नागरिकता

बनेपा-जिल्ला प्रशासन कार्यालय धुलिखेलको टोलीले जिल्लाको रोशी गाउँपालिकाको वडा नं ४ र ५ लाई लक्षित गरी वडा नं ४ को महादेवटारमा सञ्चालन गरेको घुम्ती शिविरबाट ७३ जनाले गाउँमै नागरिकता प्राप्त गरेका छन् ।

अरु बेला नागरिकता लिनकै लागि जिल्ला सदरमुकाम धुलिखेल धाउनुपर्ने त्यहाँका स्थानीय बासिन्दालाई जिल्ला प्रशासन कार्यालयको टोलीले गाउँमै पुगेर घुम्ती शिविर सञ्चालन गरी नागरिकता वितरण गरेपछि उनीहरु खुशी भएका हुन् ।

सहायक प्रमुख पुरीले जिल्ला प्रशासन कार्यालयको वार्षिक कार्यक्रम तीन ठाउँमा गर्नुपर्ने कार्यअनुरुप विकट ठाउँका नागरिकलाई सेवा पु¥याउने उद्देश्यले यसपटक रोशी गाउँपालिकाको महादेवटारमा पुगेर नागरिकता वितरण गरेको बताउनुभयो । वडा नं ४ का वडाध्यक्ष तेजबहादुर रानामगरका अनुसार वडा नं ४ का साथै वडा नं ३ बाट समेत आएर स्थानीय बासिन्दाले नागरिकता बनाएका थिए ।

५६ वर्षसम्मकाले नागरिकता लिएका छन् । गाउँमै सेवा प्राप्त भएपछि स्थानीय बासिन्दा खुशी भएर सेवा लिएका थिए । यसअघि खानीखोलाको तालढुङ्गामा गत जेठ १८ गते चार दिन सञ्चालन गरेको घुम्ती शिविरबाट ३२२ ले नागरिकता प्राप्त गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button