तपाईँ सुन्दै हुनुहुन्छः

नारायणगढ– मुग्लिङ्ग सडक एकतर्फी खुल्यो

चितवन-गएराती इच्छाकामना गाउंँपालिका वडा नम्बर ६, नारायणगढ मुग्लिङ्ग सडकखण्ड अन्र्तगत पर्ने चारकिलो , तीन किलो र जलवीरेमा गएको पहिरो पन्छाएपछि एकतर्फी खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता एकनारायण कोइरालाका अनुसार राती करीब १ बजे पहिरो पन्छाएर एकतर्फी बाटो संचालन गरिएको हो । पहिरो ठुलो र धेरै ठाउंँमा गएकोले अहिलेपनि पहिरो पन्छाउने काम भइरहेको छ । दुइतर्फी बाटो खुल्न अझै करीब २ देखि ३ घण्टा लाग्ने प्रवक्ता कोराइलाले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button