तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जमा कोईरालाको जन्मजयन्ती मनाईयो

वीरगंज । वीरगंज महानगरपालिका नेपाली काँग्रेस वडा कार्य समिति ३ पर्साले स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९५ औं जन्म जयन्ति मनाएको छ ।
लोकतान्त्रीक गणतन्त्र नेपालको प्रथम राष्ट्रअध्यक्ष, पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पुर्व सभापति स्वर्गीय कोइरालाको ९५ औं जन्म जयन्तिको अवसरमा नारायणी क्षेत्रीय अस्पतालमा रहेका विरामीहरुलाई फलफुल र पानी वितरण गरी मनाईको छ । नपाली काँग्रेस वडा कार्य समिति ३ का सभापति शेख निजामुदिनको अध्यक्षतामा भएको कार्यक्रममा कोइराको व्यक्तित्व, विचार र राजनैतिक भूमिकादेखि राष्ट्र प्रमुख सम्मको यात्राका बारेमा चर्चा गरिएको थियो ।यस्तै नेपाली कांग्रेसका प्रदेश सभा सदस्य ओम प्रकाश शर्माले भने गिरिजाबाबु नेपाली राजनीतिका शीर्ष व्यक्तित्व एवं शान्ति प्रक्रिया र संविधान निर्माणको सूत्रधारका रुपमा रहेको र तत्कालिन नेकपा माओबादीलाई १२ बुँदे सम्झौता मार्फत शान्तिपूर्ण राजनीतिको मुलधारमा ल्याउन प्रमुख भुमिका खेलेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button