तपाईँ सुन्दै हुनुहुन्छः

रोटरी क्लब कान्तिपुरको स्थापना दिवस

काठमाण्डौ । रोटरी क्लब कान्तिपुरले काठमाडौमा स्थापना दिसका अवसरमा विविध कार्यक्रमको आयोजना गरेको छ ।
रोटरी क्लब कान्तिपुर -RI District 3292 स्थापनाकालदेखिनै प्राकृतिक प्रकोप र विभिन्न रोगको प्रकोप नियन्त्रणका लागि चेतना विस्तार लगायतका सामाजिक कार्यमा सहभागि हँुदै आएको छ ।
क्लबले स्थापना दिवसका अवसरमा हिजो काठमाडौमा गरेको कार्यक्रममा क्लबका अध्यक्ष किरणनाथ प्याकुरेलले सामाजिक कार्य समाजको महत्वपूर्ण र पूनित कार्य भएकोलेसहभागि हुन सबैलाई आह्वान गर्नुभयो ।
अध्यक्ष प्याकुरेलले क्लबले सामाजिक कार्यमा स्थापनाकालदेखि गरेका कामबारे जानकारी दिनुहुँदै आगामी दिनमा यसक्षेत्रमा गर्ने काम र प्रयासबारे पनि उल्लेख गर्नुभयो ।
शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका आधारभुत आवश्यकताबाट टाढा रहेकाहरु विशेषगरी बालबालिका, महिला, ज्यष्ेठ नागरिकका लागि सहयोग पु¥याउने विभिन्न व्यक्ति तथा संस्थालाई पनि क्लबले सहयोग गर्दै आएको छ ।
सो अवसरमा क्लबका अध्यक्ष प्याकुरेलले शिक्षामा महत्वपूर्ण योगदान पु¥याउने शंखेश्वर महालक्ष्मी विद्यालय काभ्रेपलाञ्चोकका प्रधानाध्यापक तेजबहादुर तामाङलाई १० हजार नगद र सम्मानपत्र प्रदान गर्नुभयो ।

संस्थाले २०७२ सालमा आएको विनाशकारी भुकम्पबाट प्रभावित मकवानपुर, सिन्धुपाल्चोक, रामेछाप, दोलखा लगायतका जिल्लाहरुमा राहत वितरण, स्वास्थ्य शिविर सञ्चालन र विपदका समय सर्वसाधारणलाई सचेत गराउन आवश्यक परामर्श समेत प्रदान गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button