तपाईँ सुन्दै हुनुहुन्छः

रोजगार सम्बन्धी प्रदेश स्तरीय गोष्ठी शुरु

डायलसन अधिकारी, बुटवल । नेपाल उद्योग वाणिज्य महासंघ र अन्तराष्ट्रिय श्रम संगठन आईएलओको आयोजनामा बुधबारदेखि रुपन्देहीको मणिग्राममा रोजगारदातासँग सामाजिक सौदावाजी तथा रोजगार सम्बन्धी प्रदेश स्तरीय गोष्ठी शुरु भएको छ ।

गोष्ठीको उद्घाटन गर्दै प्रदेश ५ का उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले देशको समृद्धिका लागि प्रदेश सरकारले लगानी मैत्री वातावरण बनाईरहेको ढुक्क भएर लगानी गर्न उद्योगीहरुलाई आग्रह गर्नुभयो ।

प्रदेश ५ का उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको २ दिने गोष्ठीको उदघाटन कार्यक्रममा महासंघका उपाध्यक्ष किशोर प्रधान, चन्द्र ढकाल, आईएलओका राष्ट्रिय कार्यक्रम संयोजक प्रकाश शर्माले लगानीमैत्री वातावरण तथा रोजगारदाता र श्रमिकसंगको सम्वन्धका बारेमा धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button