तपाईँ सुन्दै हुनुहुन्छः

बेशीसहरमा स्मार्ट फिल्म सिटीको निर्माण हुने

केशव ढुंगाना । लम्जुङको बेशीसहर नगरपालिकामा स्काई इन्टरटेन्मेन्ट ईन्भेष्टमेन्ट प्रा.लि नेपाल र वल्ड इरा होल्डिङ् एस.एल.आर. ईटलीले संयुक्त रूपमा स्मार्ट फिल्म सिटीको निर्माण गर्ने भएका छन् ।

बेशी सहर नगरपालिकाको वडा नं. ३, ४, ५, र ९ मा फिल्म सिटीको निर्माण गर्ने सम्वन्धि सम्झौता पत्रमा आज दुई कम्पनी प्रतिनिधीहरूले हस्ताक्षर गरेका छन् ।

सञ्चार तथा सूचना प्रविधी मन्त्रालय सिंहदरवारमा आयोजित हस्ताक्षर कार्यक्रममा सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल प्रसाद बास्कोटाले फिल्म सिटी निर्माण भएपछि नेपालकोे मौलिक संस्कृति र प्राकृतिक सुन्दरतालाई विश्व बजारमा प्रचार–प्रसार गरी पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

वल्र्ड स्काई सिने भिलेज नेपाल नामाकरण गरिएको सो फिल्म सिटीको निर्माणका लागि करिव ५ अर्ब ९० करोड खर्च लाग्ने स्काई ईन्टरटेन्टमेन्ट ईन्भेष्टमेन्ट प्रा.लि. नेपालका अध्यक्ष आकाश अधिकारीले सो अवसरमा जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button