तपाईँ सुन्दै हुनुहुन्छः

घोराही उपमहानगर र चिनको यान सिटीबीच मैत्रीपूर्ण सम्बन्धमा हस्ताक्षर

यान:नेपालको प्रदेश नम्बर ५ स्थित घोराही उपमहानगरपालिका र चिनको सिचुवान प्रान्त स्थित यान सिटबीच भगिनी सम्बन्ध स्थापित गरिएको छ। प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा चिन भ्रमणका क्रममा बुधबार यान सिटीमा आयोजीत एक कार्यक्रममा दुई नगरबीच मैत्रीपूर्ण सम्बन्धमा हस्ताक्षर गरिएको हो। घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी र यान सिटीका उपप्रमुख उपप्रमुख Kaihui Songले संयुक्तरुपमा उक्त सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरीले घोराही उपमहानगरपालिकाको विशेषता जानकारी गराउनुभयो । साथै उहाँले कृषि क्षेत्रमा घोराही अगाडि बढ्न खोजिरहेको र अझै यश क्षेत्रमा काम गर्न बाँकी रहेको बताउनुभयो । यान सिटी र घोराही उपमहानगर बीचमा मैत्रीपूर्ण सम्बन्ध स्थापित भएपछि यो सम्बन्धले घोराहीको विकासका लागि पनि मद्दत मिल्ने उहाँले अपेक्षा राख्नुभयो। हामीलाई एकदमै खुसी लागेको छ, यसले हामी दुवै नगरलाई थप राम्रो बनाउन मद्दत मिल्नेछु, उहाँले भन्नुभयो।

कार्यक्रममा यान सिटिका मेयर व्ष्ल श्यग ले यान सिटीको विशेषता बताउनुभयो । उहाँले पानी, माछा, चिया, पाण्डाका लागि यान प्रशिद्ध रहेको बतानुभयो। यहाँको विशेषतः पर्यावरण राम्रो रहेको भन्दै उहाँले स्वास्थ्य विषयमा नेपाललाई सहयोग गर्न सक्ने र एउटा स्कुलसँग यसबारे कुरा भइरहेको बताउनुभयो।

उहाँले चिया, पर्यटन र स्वास्थ्यका क्षेत्रमा घोराही उपमहानगरलाई सहयोग गर्नसक्ने प्रतिबद्धता जनाउनुभयो।उहाँले प्रदेश ५ र घोराहीको पर्यटकीय भिजिट गर्न सक्ने बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button