तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल भिजिट गर्न मुख्यमन्त्री पोख्रेलको आमन्त्रण

यान:प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले भौगोलिक कारण छिमेकी भएर पनि नजिकको सम्बन्ध बिस्तार हुन नसकेको चाइनासँग बिआरआइका माध्यमबाट पछिल्लो समय बिस्तारै नजिक भइरहेको बताउनुभयो।

आजभन्दा ७ सय वर्ष पहिले चिनिया मन्त्रीले लुम्बिनीको भ्रमण गरेर पुस्तकमा उल्लेख गरेका कारण पनि लुम्बिनीको पहिचान गर्न थप सहज भएको भन्दै उनले चिनमा जस्तै नेपालमा पनि हिमाली क्षेत्रमा रेड पाण्डा पाउने बताउनुभयो।

उहाँले चिन र नेपाल परम्परागत मित्र भएको र आधुनिक विश्व निर्माण गर्न पनि मित्रका रुपमा रहिरहने समेत बताउनुभयो। नेपाल र चिनको दुई पार्टी, सरकार र २ देशका जनताबीच थप सम्बन्ध विस्तार सुमधुर हुने मुख्यमन्त्री पोख्रेलले अपेक्षा राख्नुभयो। नेपालका प्रधानमन्त्री केपी ओलीले पनि यहीँ मान्यता राखेको भन्दै उहाँले यान सिटीका मेयरको टिमलाई ५ नम्बर प्रदेशको भ्रमणका लागि समेत निमन्त्रणा दिनुभयो।

सोमबार चिन भ्रमणमा आएको प्रदेश ५ का मुख्यमन्त्री सहितको टोली असार २५ गते स्वदेश फर्कनेछ। टोलीमा संघ तथा प्रदेशका सांसदहरु, नेकपाका विभिन्न तहका नेताहरू, स्थानीय सरकार प्रमुख, पत्रकार लगायतको सहभागीता छ। मंगलबार प्रदेश नम्बर ५ र सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध स्थापित गर्दै सहमतिपत्रमा हस्ताक्षर गरिएको थियो। भ्रमण टोली सिचुवानपछि गोइझाउ प्रान्तको भ्रमण गरेर स्वदेश फर्कनेछ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button