तपाईँ सुन्दै हुनुहुन्छः

चिनीया राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो

चीन:मुख्यमन्त्री पोख्रेल र चिनिया कम्युनिष्ट पार्टीका अन्तराष्ट्रिय व्युरोका उप–महानिर्देशक मा स्वेसङबीच पनि औपचारिक भेटवार्ता भयो । भेटका क्रममा स्वेसङले नेपाल र चीनबीचको सम्वन्ध उज्यालोतर्फ अघि बढेको भन्दै मुख्यमन्त्री पोख्रेलले चीनको भ्रमण गर्नु अघि नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भ्रमण गरेको स्मरण गराउनुभयो ।

मे स्वेसङले नेपाल कम्युनिष्ट पार्टीले लिएको एक चीन सम्वन्ध नीतिको प्रसंशा गर्दै चीनले नेपालको सार्वभौमिकता, अक्षुंणता र स्वाधिनतालाई प्राथमिकता दिदैँ आर्थिक र सामाजिक विकासमा सहयोग र सद्भाव निरन्तर रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  उहाँले यस्ता खाले भ्रमणले मितेरी सम्वन्ध स्थापित गर्न, स्थानीय तहबीचको सम्वन्ध स्थापित गर्न, नेपाल र चीनबीचको सम्वन्ध स्थापित गर्न र दुई पार्टी बीचका संगठनलाई विभिन्न रुपमा अघि बढाउन थप सहयोग पुग्ने पनि अपेक्षा गर्नुभयो ।

भेटमा मुख्यमन्त्री पोख्रेलले केरुङ–काठमाडौँ रेलमार्ग भविश्यमा लुम्बिनी जोड्ने कुराले उत्साहित भएको भन्दै त्यसले बौद्ध दर्शनका लागि लुम्बिनी जाने चिनीया पर्यटकका लागि थप सहज हुने अपेक्षा गर्नुभयो । चीनसँगको पारवहन सम्वन्ध र बेल्ट रोड इनिसियटिभ (वीआरआई) बारे स्मरण गराउँदै दुई देशबीचको कनेक्टीभिटी भविश्यमा सफल हुने अपेक्षा पनि गर्नुभयो ।

उहाँले नेपालले विकास र समृद्धिका लागि खुशी नेपाली समृद्ध नेपालको अभियानलाई अघि बढाएको भन्दै कृषि, पर्यटन र जलविद्युतको विकासका लागि पनि सहकार्य गर्न चाहेको बताउनुभयो । मुख्यमन्त्री पोख्रेलले नेपाली जनताले चिनिया राष्ट्रपति सी जिन पिङ्गको नेपाल भ्रमण छिटो होस भन्ने चाहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पनि त्यहि सन्देश रहेको जानकारी गराउनुभयो ।

कृषिको पुनरुस्थानमा सिचुवान

कृषि अनुसन्धान केन्द्र सिचुवान प्रान्तका प्रमुख याङ स्यु पिनले सिचुवान प्रान्तले कृषिको पुनरुस्थान अभियानलाई अघि बढाएको बताउनुभयो । मुख्यमन्त्री पोख्रेलसँगकै भेटमा उहाँले यस्तो बताउनु भएको हो । भेटका क्रममा उहाँले अघि कृषकलाई गाउँ फर्काउने अभियानमा सिचुवान सरकार लागि परेको पनि उहाँले प्रष्ट पार्नुभयो ।

उहाँले गाउँ विकासका लागि नमूना कृषि कार्यक्रम अघि बढाएको भन्दै सिचुवान पहाडी प्रान्त भएकाले गरिवीको सङ्ख्या पनि उच्च रहेको बताउनुभयो । उहाँले सिचुवान सरकारले गरिबी न्युनिकरणको अभियानलाई पनि अघि बढाएको बताउनुभयो । मुख्यमन्त्री पोख्रेल दश दिने औपचारिक भ्रमणका लागि अहिले चिनको सिचुवान प्रान्तमा हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button