तपाईँ सुन्दै हुनुहुन्छः

सडक दुर्घटनामा एकको मृत्यु,२ जना घाइते

पूर्वपश्चिम राजमार्ग अन्र्तगत बुटवलको वडा नम्वर २ पाखापानीमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन ।

पश्चिमबाट बुटवल आउदै गरेको लु १ च १५८८ नम्वरको कारमा बिपरीत दिसाबाट जादै गरेको लु ३६ प ४३१४ नम्वरको स्कुइटर एक्कासी ठोक्किदा स्कुईटर चालक रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्वर ४ का अजित सलामी मगरको मृत्यु भएको हो ।

दुर्घटनामा परी स्कुईटरमा सवार तीनै जना घाइते भएकोमा गम्भिर घाइते भएका चालक मगरको मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको ५ नम्वर प्रदेश टाफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । घाइते सैनामैना ३ का सञ्जय पटेल र सैनामैना २ का बिक्रम थारुको पनि मेडिकल कलेज भैरहवामा उपचार भईरहेको छ ।दुर्घटना बिहान ३ बजे भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button