तपाईँ सुन्दै हुनुहुन्छः

विप्लवलाई मूलधारमा ल्याउनुपर्छः उपसभामति निधि

चितवन। नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले विप्लव नेतृत्वको प्रतिबन्धित पार्र्टी नेकपालाई वार्तामार्फत मूलधारमा ल्याउनुपर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन चितवनले विहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले वार्तामार्फत समस्याको समाधान खोज्नु आवश्यक रहेको विचार राख्नुभयो ।
अहिले राजनीतिक रुपमा खुल्ला वातावरण बनेको भन्दै उहाँले हतियार उठाएर व्यक्तिगत स्वार्थका लागि हिँड्न नहुने धारणा राख्नुभयो ।
निधिले काँग्रेसभित्र गुटबन्दी नरहेको बताउनुभयो । महासमिति र केन्द्रीय समितिको बैठकले समस्या समाधान गरेको उहाँको भनाइ थियो । “काँग्रेस प्रजातान्त्रिक पार्टी भएका कारण आफ्ना धारणाहरु बाहिर आउँदैमा त्यसलाई गुट–उपगुट छ भन्नु हुँदैन”,उहाँले भन्नुभयो । फरक प्रसङ्गमा उहाँले नेविसङ्घको तदर्थ समिति असार २२ गतेको केन्द्रीय समितिको बैठकपछि टुङ्गो लाग्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button