तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरी कर्मचारी समायोजनको आधार तयार: महानिरीक्षक खनाल

काठमाण्डौ। नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारी समायोजनको आधार तयार पारिसकेको जानकारी दिनुभएको छ ।
राज्यव्यवस्था तथा सुशासन समितिको विहिबार बसेको बैठकमा महानिरीक्षक खनालले सैद्धान्तिक विषयमा कुरा मिल्नााथ प्रहरी कर्मचारी समायोजनमा कुनै समस्या नभएको जानकारी दिनुभयो ।
महानिरीक्षक खनालले प्रहरी कर्मचारी समायोजनको पूर्वअभ्यास भैरहेको जानकारी गराउँदै कुन प्रदेशमा कति प्रहरी कर्मचारी आवश्यक छ भनेर ओ एण्ड एम गर्ने काम भैरहेको समेत बताउनुभयो ।
उहाँले, २६ हजार प्रहरी कर्मचारी हाल प्रदेश तहमा गएर काम गरिरहेको समेत जानकारी दिनुभयो ।
बैठकमा सांसदरुले कहाँ कति प्रहरी कर्मचारी आवश्यक छ भनेर नेपाल प्रहरीले तयार पारेको ओ एन्ड एम सर्वे समितिमा ल्याउन र छलफल गर्न महानिरीक्षक सर्वेन्द्र खनाललाई आग्रह गर्नुभयो ।
यसैबीच, बैठकमा गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले नेपाल प्रहरीको समायोजनको क्रममा तह बढुवा गर्न नसकिने भन्दै त्यसो गरिए अप्ठेरो पर्ने बतााउनु भएको छ ।
गृह सचिव राईले कर्मचारी प्रहरीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा ३ को उपदफा ५ र दफा १४ को विवादित विषयमा समितिमा भएको छलफलको आधारमा प्रतिवेदन तयार पारी समितिमा बुझाउने जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button