तपाईँ सुन्दै हुनुहुन्छः

पुलिस क्लबको दोस्रो जित

काठमाडौं । ललित स्मृति यु—१८ प्रतियोगितामा बिभागीय टोली नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ ।

एन्फा मैदानमा विहीबार भएको खेलमा नेपाल पुलिस क्लबले सरस्वती युथ क्लबलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।

पुलिसका लागि सञ्जु सेनले ह्याट्रिक गरे । खेलको १८ औं मिनेटमा सञ्जुले पहिलो गोल गर्दै क्लबलाइ १—० को अग्रता दिलाएका थिए । त्यसपश्चात उनले ४५ र ७४ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । त्यस्तै रबिन राई र एन्सन राईले ७७ र ८१ औं मिनेटमा एक एक गोल गरे ।

सरस्वती क्लबका लागि ७८ औं मिनेटमा बिमल सिलवालले एक गोल फर्काए । नेपाल पुलिस क्लबको यो दोस्रो जित हो । सरस्वतीको भने लगातार दोस्रो हार हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button