तपाईँ सुन्दै हुनुहुन्छः

जर्मन सरकारबाट ३ अर्ब सहयोग

काठमाण्डौ । जर्मन सरकारले नेपालका विभिन्न क्षेत्रको विकासका लागि ३ अर्व २ करोड रुपैयाँ बराबरको अनुदान रकम सहयोग गरेको छ ।
नेपालको ग्रामीण क्षेत्रमा सौर्य उर्जाको विकास र विस्तार, परोपकार अस्पतालको पुनर्निर्माण र नेपालको ग्रामीण र अर्ध सहरी क्षेत्रको दिगो आर्थिक विकासका लागि जर्मन सरकारले सहयोग गरेको हो ।
अर्थमन्त्रालयमा आज आयोजित कार्यक्रममा अनुदान सहयोग सम्वन्धी सम्झौता पत्रमा अर्थ सचिव डा. राजन खनाल र नेपालका लागि जर्मन राजदूत रोल्याण्ड सेफरले हस्ताक्षर गर्नुभयो ।
अर्थसचिव डा.खनालले जर्मन सरकारले नेपालको सामाजिक आर्थिक र स्वास्थ्य क्षेत्रको विकासका लागि पु¥याएको सहयोग प्रंशसनीय रहेको बताउनुभयो ।
उहाँले, आगामी दिनमा पनि जर्मन र नेपालबीचको आपसी सद्भाव र सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।
नेपालका लागि जर्मन राजदूत रोल्याण्ड सेफरले जर्मन सरकारको सहयोगले नेपालको ग्रामीण क्षेत्रका विद्यालयहरुमा सौर्य उर्जाको विकास र विस्तार, आमा तथा वच्चाको सहज उपचारका लागि परोपकार अस्पतालको पुननिर्माणमा र ग्रामीण तथा अर्धसहरी क्षेत्रको दिगो आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button