तपाईँ सुन्दै हुनुहुन्छः

प्रेस स्वतन्त्रताको नाममा हुने अराजकता रोकिनेः सञ्चामन्त्री

काठमाण्डौ। राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७६÷७७ को वजेट माथिको मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिनुभएको छ ।

विनियोजन विधेयकमाथिको छलफलमा उठेका विषयमा शुक्रबार सदनमा जवाफ दिदै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने काम सरकारबाट भएको छैन् र हुने पनि छैन् तर स्वतन्त्रताको नाममा हुने अराजकता भने रोकिने बताउनुभयो ।
मन्त्री बास्कोटाले सामानुपातिक विज्ञापन प्रणाली कार्यान्वयनमा आएपछि लोककल्याणकारी विज्ञापन हट्ने हुनाले यसमा द्विविद्धा राख्नु नपर्ने बताउनुभयो ।
फेरजी सेवामा भ्रष्टाचार भएको भनेर सांसदहरुले उठाएका विषयमा सञ्चारमन्त्री बास्कोटाले भ्रष्टाचारमा आफ्नो कुनै रुचि नरहेको भन्दै अख्तियारले छानविन गरि काम अघि बढाउन भनेको र संसदीय समितिमा समेत छलफल भएर काम अघि बढेकाले यसमा भ्रष्टाचार भएको भनेर आशंका गर्नु नपर्ने बताउनुभयो ।
मन्त्री बास्कोटाले ३१८ वटा स्थानीय तहको १५ सय ७४ वडा कार्यालयहरुमा ब्रोडव्याण्ड राखिएको, १८ सय ४९ वटा सामुदायिक माध्यमिक विद्यालय र १५ सय ६७ स्वास्थ्य संस्थाहरुमा ब्रोडव्याण्ड सेवाको विस्तार गर्ने तयारी भएको जानकारी दिदै आगामी आर्थिक वर्षमा आठ हजार वडामा व्रोडव्याण्ड विस्तारको काम सकिने जानकारी दिनुभयो ।

अर्थमन्त्री डा.युवराज खतिवडाले वजेटको माध्यमबाट संघीयता कार्यान्वयन गरिरहँदा संघ प्रदेश र स्थानीय तहका आधिकारहरुलाई संविधानले तोके अनुसार नै जिम्मेवार बनाउने व्यवस्था गरिएको बताउनुभयो ।
अर्थमन्त्री डा. खतिवडाले प्रकृतिक स्रोत तथा वित्त आयोगले दिएको सुत्र अनुसार भुगोल, जनसंख्या, राज्यको अवस्था, स्रोत परिचालनको क्षमता जस्ता विषयहरुलाई आधार मानेर वजेट विनियोजन गरेको स्पष्ट पार्नुभयो ।
अर्थमन्त्री डा. खतिवडाले आगामी आर्थिक वर्षको वजेट प्रदेशिक रुपमा सन्तुलित रहेको पनि स्पष्ट पार्नुभयो ।
युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा सुनारले युवाहरुलाई स्वरोजगार र उद्यमशील बनाउन एक स्थानीय तह एक युवा क्लव र एक युवा रोजगार कायक्रम सञ्चालनका लागि वजेट छुट्टाइएको बताउनुभयो ।
मन्त्री सुनारले एक प्रदेशमा दुई रंगशाला स्थापना, एक स्थानीय तह एक खेलग्राम स्थापना, कर्णाली प्रदेशमा खेलकुद पूर्वाधार निर्माण र खेलाडीको क्षमता तथा खेल कौशल निर्माण गर्न मकवानपुरको हेटौडाको गौरीटारमा खेलकुद एकेडेमी निर्माणका लागि रकम विनियोजन गरिएको जानकारी दिनुभयो ।
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वन पैदावारलाई जोगाउने, जटिबुटी खेती र भण्डारण, वातावरण विनाशलाई रोक्ने कार्ययोजना सहित आगामी आर्थिक वर्षको बजेट ल्याएको बताउनुभयो ।
उहाँले राष्ट्रपति चुरे संरक्षण, तराईमधेश वन पैदावार र वन्यजन्तुको संरक्षण हुनेगरी वजेट विनियोजन गरिएको बताउनु भयोे ।
मन्त्री बस्नेतले आगामी वर्ष भिजिट नेपाल २०२० मनाउन लागेको अवस्थामा झण्डै ६० प्रतिशत पर्यटकका लागि विशेष संरक्षीत क्षेत्र र १५ प्रतिशत प्रकृतिमा आधारित पर्यटनको विकासका लागि ध्यान दिइएको स्पष्ट पार्नुभयो ।
भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्माकुमारी अर्यालले मुक्त कमैया र हलियाको व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको र उनीहरुको आयआर्जन र रोजगारीलाई प्राथमिकता दिनेगरी आगामी वर्ष कार्यक्रम सञ्चालन हुुने बताउनुभयो ।
मन्त्री अर्यालले भू–सम्बन्धी आठौ संशोधन प्रस्ताव तयार पारिएको, सार्वजनिक तथा गुठी जग्गाहरुमाथिको अतिक्रमण हटाई ती जग्गाहरुको संरक्षण सम्बद्र्धन र विकास गर्न उच्च्स्तरीय आयोग गठन गरेर काम भैरहेको जानकारी दिनुभयो ।
खानेपानी तथा सरसफाई मन्त्री विना मगरले पन्ध्रौ योजना अवधिभर सवै नागरिकलाई आधारभुत खानेपानी सरसफाई स्वच्छता सम्बन्धी सेवा उपलब्ध गराउने बताउनुभयो ।
उहाँले खानेपानी तथा सरसफाई कार्यक्रमलाई सञ्चालन गर्दा एक घर एक धारा र एक घर एक शौचालय अवधारणा कार्यान्वयनमा ल्याइने बताउनुभयो ।
सहरी विकास मन्त्री महोम्मद इस्तियाक राईले आगामी आर्थिक वर्षमा पुराना आयोजना सम्पन्न गर्ने गरी मन्त्रालय अघि बढेको बताउनुभयो ।
उहाँले, मेगासिटी र स्मार्ट सिटी बनाउने आधार तयार पारिएको जानकारी दिनुभयो ।
मन्त्री राईले हालसम्म रोड स्टान्डर्ड, फुटपाथ, हरियाली लगायतका विषयमा स्टान्डर्ड तयार पारिएको र व्यवस्थित र एकीकृत सहरी विकासका लागि रकम व्यवस्था गरिएको जानकारी दिनुभयो ।
राष्ट्रिय सभाको बैठक असार २२ गते आइवार ११ वजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button