तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश

काठमाडौं । एसीसी इस्टर्न रिजन यू–१९ क्रिकेटमा नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । समूह एमा रहेको नेपालले दुवै खेल जित्दै विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो ।

पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरेको नेपालले शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा सिंगापुरमाथि २१७ रनको जित निकाल्न सफल भयो ।

नेपालले दिएको ३२७ रनको लक्ष्य पछ्याएको सिंगापुर ३९.१ ओभरमा १०९ रन बनाएर अल आउट भयो । सिंगापुरका तीन खेलाडीले मात्रै दोहोरो अंकको रन बनाउन सके ।

सिंगापुरलाई सस्तैमा रोक्नका लागि नेपालका कुशल मल्लले ४ र तिलकराज भण्डारीले २ विकेट लिए । रसिद खान र सागर ढकालले पनि एक एक विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालका लागि रीत गौतमको शतक, खडक बोहारा र कुशल मल्लको अर्ध शतकमा ४ विकेटको क्षतिमा ३२६ रन बनाएको थियो ।

ओपनर रीत गौतमको सानदार शतक र खडग बहादुर बोहोराले ९० रनको पारी खेलेपछि नेपालले विशाल योगफल बनाएको हो । बलिङतर्फ सिंगापुरका प्रणव र विनित मेहताले २–२ विकेट लिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button