तपाईँ सुन्दै हुनुहुन्छः

‘पार्टी र सरकारका निर्णयको दृढतापूर्वक रक्षा गर्नुपर्छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका नेता–कार्यकर्ताहरुले पार्टी र सरकारका निर्णयको दृढतापूर्वक रक्षा गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठकलाई आज संघीय संसद भवन नयाँ बानेश्वरमा सम्बोधन गर्नुहुदै प्रधानमन्त्री ओलीले पार्टी कार्यकर्ताहरुले पार्टीका नीति नियम र अनुशासनलाई ख्याल गर्नुुपर्ने वताउनुभयो ।

प्रधानमन्त्री ओलीले पार्टी र सरकारको नेतृत्व आलोचनाको बिषय हुन सक्ने तर त्यसलाई उचित ठाउँमा व्यक्त गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले क्वारेन्टाइनको उचित व्यवस्थापनपछि मात्रै भारतबाट आउने तरकारीमा विषादी परीक्षण गरिने बताउनुभएको बैठक पछि नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरूङले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

यसैबीच सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का संसदहरूले पार्टी एकताका बाँकी काम तत्काल पूरा गर्न नेतृत्व समक्ष माग गरेका छन् ।

नेकपा संसदीय दलको आजको बैठकमा सांसदहरूले पार्टी एकताको काम बाँकी रहँदा पार्टीका कार्याकर्ता जिम्मेवारी विहिन भएको भन्दै एकताको बाँकी काम तत्काल पूरा गर्न माग गरेको बैठकपछि नेकपाका प्रमुख सचेतक देव गुरूङले सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो ।

बैठकमा २२ जना सांसदहरूले आफ्ना धारणा राखेको र अधिकांशले पार्टी एकताको काम बाँकी रहँदा सरकारले गरेका राम्रा कामहरू समेत जनता सम्म पुर्याउन कठिन भएको तर्फ नेतृत्वको ध्यानाकर्षण गराएको सचेतक गुरूङले बताउनुभयो ।

नेकपा संसदीय दलको बैठकमा सांसदहरूले बोल्ने क्रम बाँकी नै रहेको र दुई अध्यक्षको समय अनुकुलताका आधारमा केही दिन भित्र नै अर्को बैठक बस्ने प्रमुख सचेतक गुरूङले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button