तपाईँ सुन्दै हुनुहुन्छः

मजदूरको आन्दोलनले मध्यमोदी जलबिद्युत आयोजना ठप्प

 पर्वत-पर्वतमा निर्माणधिन १४.५ मेगावट क्षमताको मध्यमोदी जलविद्युत आयोजनाको काम रोकिएको छ । तलव नपाएको भन्दै कर्मचारीहरुले आन्दोलन गरेपछि आयोजनाको काम रोकिएको हो । काम रोकेर आयोजनामा कार्यरत करिव २ सय जना मजदूरहरु आन्दोलनमा उत्रिएका छन् ।
यसअघि प्रभावित क्षेत्रका बासिन्दाको आन्दोलनका कारण जेठ १२ देखि २५ गतेसम्म सम्म आयोजनाको काम रोकिएको थियो । उक्त विवाद पीडित समूदायलाई क्षतीपुर्ती दिने सहमती पछि टुंगिएको थियो । तर, बिगत ५ दिनेदेखि फेरि कामदारहरु तलवको माग गर्दै आन्दोलनमा उत्रिँदा आयोजनाको काम अवरुद्ध भएको छ ।

निर्माणाधिन आयोजनामा काम गर्ने २ सय जना कर्मचारीको तलबभत्ता ६ महिनादेखि रोकिएकाले काम नै ठप्प पारी आन्दोलनमा उत्रिनु परेको मजदुर युनियनका अध्यक्ष रामजी शर्माले बताउनुभयो । कर्मचारीहरुको संचयकोषको रकम समेत कटौती गरिएको तर आफुहरुको खातामा जम्मा नगर्ने गरेको भन्दै अनिश्चितकालका लागि आन्दोलनको कार्यक्रम शुरु गरेको शर्माले बताउनुभयो ।

समस्या समाधानको प्रयास भैरहेको मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले जानकारी दिनुभयो । मजदूर र आयोजना पक्ष संग छलफल थालेको पौडेलले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले सकेसम्म गाउँपालिकालाई बिबाद मिलाउन भनिएको र नमिले जिल्ला प्रसासन कार्यालयले दुबै पक्षलाई बोलाएर समस्याको निकास निकाल्ने बताउनुभयो ।

चौधरी ग्रुपले बनाउन थालेको यो आयोजना ०७१ मंसिरमा सुरु भई ०७४ मंसिरभित्र सक्ने लक्ष्य लिईएको थियो । आयोजना विभिन्न खालका अवरोधका कारण पटक–पटक रोकिँदै आएको छ । अवरोध हुँदै जाँदा लागत पनि बढ्दै जाने बताईएको छ । आयोजनाले सुरुका केही समय भूकम्प र भारतीय नाकाबन्दीको मार खेप्नुप¥यो । पछिल्लो समय प्रभावित क्षेत्रका बासिन्दा र मजदूरहरु विरोधका उत्रिन थालेका छन् । २६ सय ९३ दशमलव ३० मिटर सुरुङ बनाएर सकेर अहिले पावर हाउस तयार पार्न थालिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button