तपाईँ सुन्दै हुनुहुन्छः

डाइपरमा सुन लुकाएर ल्याउने पक्राउ

काठमाडौं । बालबालिकाका लागी प्रयोग गर्ने डाइपरमा सुन राखेर ल्याउँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई सहयोगी सहित तीन जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

कतारको दोहाबाट हिमालयन एयरलाइन्समार्फत नेपाल आउँदै गरेका मोरङ्गका लिलाबहादुर बस्नेतलाई ४०० ग्राम सुनसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुुभयो । विमानस्थलमा सुन लिन आउने रूपेश गिरी र टेकबहादुर थापालाई समेत पक्राउ गरिएको उहाँले बताउनुुभयो ।

बस्नेतले कसैले पार्सल भनेर पठाएको पोको आफूले ल्याइदिएको बयान दिए पनि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button