तपाईँ सुन्दै हुनुहुन्छः

सदनमा उठेका विषयमा जवाफ दिन सभामुखको सरकारलाई रुलिङ

काठमाण्डौ, तुलसी सापकोटा । सभामुख कृष्णबहादुर महराले बैठकको शुरुमा समय माग गरी सांसदहरुले उठाएका विषयमा जवाफ दिन सरकारलाई रुलिङ गर्नु भएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा सभामुख महराले यस्तो रुलिङ गर्नु भएको हो
बैठकको शुरुमा सभामुख महरासँग समय माग गरी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँड र राजपा नेपालका सांसद प्रमोद शाहले भारत र तेस्रो मुलुकबाट भित्रिने तरकारी तथा फलफुल सीमा नाकामा परीक्षण गर्ने निर्णयबाट सरकार फिर्ता भएको विषयमा सम्बन्धीत मन्त्रीको जवाफ माग गर्नु भएको थियो ।

प्रमुख सचेतक खाँडले संघीय संसदमा उठेका विषयमा कार्यपालिकाले गम्भिरतापूर्वक नलिएको र शक्ति पृथकीकरणको सिद्धान्त नमानेको आरोप लागउनुभयो ।

राजपा नेपालका सांसद प्रमोद शाहले देशका विभिन्न भागमा मानव अधिकार उल्घंनका घटना बढीरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button