तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभामा तीन विधेयक पेश

काठमाण्डौ । प्रतिनिधि सभाको आजको बैठकमा विरुवा संरक्षण (पहिलो संशोधन) विधेयक २०७५, बिउ विजन (दोस्रो संशोधन) विधेयक २०७५ र खानेपानी तथा सरसफाई विधेयक २०७५ पेश गरिएको छ ।

बैठकमा संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले राष्ट्रपतिबाट पुनर्विचारको लागि राहदानी विधेयक सन्देश सहित फिर्ता भएको जानकारी गराउनु भयो ।

यस्तै, बैठकमा प्रधानमन्त्री के पी शर्मा ओलीका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक असार २४ गते मंगलवार विहान ११ वजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button