तपाईँ सुन्दै हुनुहुन्छः

बाँध निर्माणका लागि ४ कम्पनीको बोलपत्र

किरण श्रेष्ठ, तनहुँ । एक सय ४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाकोे बाँध लगायतका पहिलो चरणको संरचना निर्माणका लागि ४ वटा कम्पनीले बोलपत्र पेश गरेका छन् ।

आयोजनाको प्रवर्द्धक तनहुँ हाइड्रोपावर लिमिटेडले बोलपत्र पेश गर्न दिएको अन्तिम दिन आइतबार ४ कम्पनीले प्राविधिक र वित्तीय बोलपत्र पेश गरेका हुन् ।

बोलपत्र पेश गर्ने कम्पनीहरुमा चाइना गेजुवा कम्पनी लिमिटेड चाइना, सिनो हाइड्रो कर्पोरेसन लिमिटेड चाइना, चाइना नेशनल इलेक्ट्रिक इन्जिनियरिङ कर्पोरेसन लिमिटेड र सोङ डा कर्पोरेसन भियतनामसँगै कालिका कन्ट्रक्सन, नेपाल जेभी रहेका छन् ।

तनहुँ जलविद्युत आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button