तपाईँ सुन्दै हुनुहुन्छः

युवाहरुको सामूहिक लगानीमा माछापालन शुरु

काठमाडौं । साकेला गाउँपालिका–२ रतन्छाका स्थानीय युवाले सामूहिक लगानीमा व्यावसायिक माछापालन शुरु गरेका छन् ।

पौरखी माछापालन नामको संस्था दर्ता गरेर १३ जना स्थानीय युवाले व्यक्तिगत लगानीमा माछापालन शुरु गरेका हुन् ।

समूहमा आवद्ध ति युवाले २५ वर्षका लागि जग्गा भाडामा लिएर पहिलो चरण अन्तर्गत १३ वटा पोखरी निर्माण गरी कमनकार्प र ग्रासकार्प प्रजातिका २२ हजार भुरा लगाएको संस्थाका सचिव सन्तराज राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button