तपाईँ सुन्दै हुनुहुन्छः

राखेप सदस्य सचिवमा सिलवाल नियुक्त

अजय बम । रमेश सिलवाल राष्ट्रिय खेलकुद परिषद् (राखेप) नयाँ सदस्य सचिव नियुक्त हुनुभएको छ ।

नेपाल भलिबल संघको सिफारिसमा राखेपको बोर्ड सदस्य नियुक्ती भएको लगत्तै सिलवाललाई सोमबार युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले ४ वर्षका लागि सदस्य सचिव नियुक्त गर्नुभएको हो ।

मन्त्री स्तरीय निर्णयपछि मन्त्री विश्वकर्माबाट सोमबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा सिलवालले सपथ लिनुभयो ।

आइतबार मात्र भलिबल संघको कार्यसम्पादन समितिको बैठकले सिलवाललाई राखेप बोर्ड सदस्य नियुक्त गर्न मन्त्रीलाई सिफारिस गरेको थियो ।

निवर्तमान सदस्य सचिव केशवकुमार विष्टको असार ९ गते ४ वर्षे कार्यकाल सकिएको थियो । त्यसपछि रिक्त रहेको सदस्य सचिवमा सिलवाललाई नियुक्त गरेको हो ।

राखेप सदस्यहरु मध्येबाट मन्त्री स्तरीय निर्णयबाट ४ वर्षका लागि राखेप सदस्य सचिव नियुक्त गर्ने प्रावधान छ ।

हिसान र गोल्डेन गेट कलेजका अध्यक्ष समेत रहनु भएका सिलवाल मदन भण्डारी स्पोर्टस एकेडेमीका संस्थापक अध्यक्ष हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button