तपाईँ सुन्दै हुनुहुन्छः

मर्जरको नीतिमा सहयोग गर्न गभर्नरको आग्रह

अच्युत अर्याल । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले बैक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने, मर्जरको नीति कार्यान्वयनमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।

राष्ट्र बैंकले आगामी मौद्रिक नीतिका सम्बन्धमा आज काठमाडौंमा आयोजना गरेको सरोकारवालासँगको छलफलमा गभर्नर डा. नेपालले २०६२–६३ सालमा ५० करोडको पुँजी २ अर्व पुर्याउन दिएको निर्देशन १० वर्षको अवधिमा १० वाणिज्य बैकले मात्र पुरा गरेको स्मरण गर्दै अव राष्ट्र बैकले नीति कार्यान्वयन गर्न असीमित समय नदिने बताउनु भयो ।

गभर्नर डा. नेपालले राष्ट्रिय र अन्तराष्ट्रिय अभ्यासका आधारमा वित्तीय क्षेत्र सुदृढीकरणका लागि नीतिगत सुधारका काम भइरहेको जानकारी दिनुभयो ।

भुक्तानी प्रणालीको आधुनिकीकरण, वित्तीय श्रोत व्यवस्थापन, कर्जा निक्षेप सन्तुलन, वित्तीय पहुँच अभिबृद्धिका साथै सरोकारवालाहरुबाट प्राप्त सुझावलाई मौद्रिक नीतिमा समावेश गरिने राष्ट्र बैकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button