तपाईँ सुन्दै हुनुहुन्छः

नाइजेरियामा चार सवारी साधन ठोक्किए, १९ जनाको मृत्यु

अबुजा । नाइजेरियाको उत्तरी क्षेत्रमा पर्ने एउटा गाउँमा भएको दुर्घटनामा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

कानो राज्य अन्तर्गतको डिन्यार माडीगा गाउँमा भएको घटना आइतबार राती अबेर भएको सडक सुरक्षा प्रहरीले सोमबार जनाएको छ । घटनास्थल कानोदेखि ८५ किलोमिटर टाढा पर्दछ ।

स्थानीय एक सुरक्षा अधिकारीले घटनाका बारेमा भने, “चार ओटा सवारी साधन ठोक्किएर दुर्घटना भएको हो, तीमध्ये दुई ओटा बस र अरु दुई ओटा कार रहेका छन् । उनीहरु एक अर्काका विपरीत दिशाबाट आएका थिए ।”

उनीहरु सबैले सडकमा रहेका खाल्डाखुल्डी छल्ने क्रममा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरुले जनाएका छन् ।

घटनामा परी मृत्यु भएका मध्ये १४ जना बयस्क पुरुष, तीन जना बयस्क महिला र दुई जना बालबालिका रहेका छन् ।

नाइजेरियामा सडक दुर्घटना धेरै हुने गरेका छन् । विशेषगरेर क्षमताभन्दा बढी भारी, सडकको खराब अवस्था र चालकहरुको लापर्वाही तथा ट्राफिक नियमको उल्लंघन लगायतका कारणले सडक दुर्घटना हुने गरेको जानकारहरु बताउँछन् ।
–रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button