तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीलाई राष्ट्रिय परिचयपत्र

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र लिनुभएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले राष्ट्रिय परिचयपत्र हस्तान्तरण गर्नुभएको हो ।
सोही कार्यक्रममा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यलाई पनि राष्ट्रिय परिचयपत्र हस्तान्तरण गरिएको छ ।
सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार राष्ट्रका विशिष्ट व्यक्ति, सिंहदरबारस्थित कर्मचारी र पाँचथर जिल्लाका बासिन्दालाई राष्ट्रिय परिचयपत्र वितरण जारी छ ।
सरकारले आगामी दुई वर्षभित्र मुलुकका सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने योजना बनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button