तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश खेलकुद विकास परिषद गठन

मकवानपुर । प्रदेश नम्बर ३ को खेलकुद विकास परिषदको सदस्यसचिवमा सूर्यचन्द्र भण्डारी नियुक्त हुनुभएको छ । गत असार ९ गते बसेको प्रदेश मन्त्रीपरिषद्को निर्णयअनुसार प्रदेश खेलकुल परिषदको सदस्य सचिव तथा सदस्यहरु नियुक्त गरिएको थियो । नियुक्त हुनुभएका सदस्य सचिव एवम् सदस्यहरुलाई मंगलबार पद तथा गोपनियताको सपथ गराईएको हो ।
प्रदेशका सामाजिक विकासमन्त्रीको अध्यक्षतामा रहने परिषदको सदस्यहरुमा ममिता श्रेष्ठ, कल्पना शर्मा, माधव तिमलसिना, विकास तामाङ् र उत्तम गुरुङलाई नियुक्त गरिएको छ । प्रदेशको खेलकुद क्षेत्रको विकासका लागि खेलकुद विकास परिषद गठन गरिएको हो । मंगलबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरेर सामाजिक विकासमन्त्री युवराज दुलालले नवनियुक्त सदस्य सचिव तथा सदस्यहरुलाई पद तथा गोपनीयताको सफत गराउनुको थियो ।
नवनियुक्त सदस्य सचिव भण्डारीले मंगलबारै पदभार समेत ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गर्दै सदस्य सचिव भण्डारीले हिजोको भन्दा फरक तरिकाले खेलकुदको विकासमा लाग्ने बताउनुभयो ।
प्रदेश सरकारले प्रदेशमा “सबैका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने उद्देश्यकासाथ ऐनमै व्यवस्था गरेर परिषदको गठन गरेको हो ।
कार्यक्रममा बोल्दै सामाजिक विकासमन्त्री तथा प्रदेश खेलकुद विकास परिषदका अध्यक्ष युवराज दुलालले हरेक स्थानीय तहमा खेलकुद मैदान, प्रत्येक जिल्लामा खेलकुद रंगशाला, प्रत्येक निर्वाचन क्षेत्रमा सुविधा सम्पन्न कबर्डहल, प्रत्येक विद्यालयमा खेल मैदान निर्माण गर्ने प्रदेश सरकारले लिएको लक्ष्यलाई पुरा गर्नेगरी काम गर्न निर्देशन दिनुभयो । कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगकी सदस्य यमुना कँडेल, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दिपेन्द्र सुवेदीलगायत खेलक्षेत्र सम्बद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button