तपाईँ सुन्दै हुनुहुन्छः

ओखलढुंगामा बस दुर्घटना : ३ को मृत्यु, १७ घाईते

ओखलढुंगा-ओखलढुंगामा बस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । जिल्लाको मानेभज्याङ गाउँपालिका ६ डढुवामा बुधबार विहान ३ बजे बस दुर्घटना हुदाँ तीन जनाको घटना स्थलमै मृत्यु भएको हो । मृततको पहिचान खुलिसकेको छैन । दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको यातायात व्यवसायी रमेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार काँकरभिट्टाबाट सोलुखुम्बु तर्फ आउँदै गरेको मे १ ख १८९१ नम्बरको रात्री बस दुर्घटना भएको हो । भँडारे नजिक पर्ने डडुवा डाडँमा माथिल्लो घुम्तीबाट बस झरेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको सञ्चार शाखाले जनाएको छ । सुरक्षाकर्मी र स्थानीयले घाईतेको उद्धार गरिरहेका छन् । घटनाको विषयमा थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button