तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा विप्लवद्धारा प्रहरीमाथि गोली प्रहार, विप्लवका जिल्ला ईञ्चार्ज पनि मारिए

भोजपुर। भोजपुर सदरमुकाममा नेत्रविक्रम चन्द (विप्लव) समूह र प्रहरीबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ ।
सदरमुकामको हटिया लाइनमा भिडन्त हुँदा प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका सोलुखुम्बुका जिल्ला ईन्चार्ज निरकुमार राईको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतीवडाले जानकारी दिनु भयो । अर्का एक प्रहरी खेमनाथ भट्टराई घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटना भए लगातै भोजपुरमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button