तपाईँ सुन्दै हुनुहुन्छः

रामायण सर्किटको विकासका लागि प्रदेश सरकार तयार: मुख्यमन्त्री राउत

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको पर्यटन विकासमा निकै ठूलो योगदान दिने भएकाले रामायण सर्किटकोे पूर्वाधार विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
मुख्यमन्त्री राउतले वृहत्तर जनकपुर क्षेत्र विकास परिषदको आयोजना तथा प्रदेश नंं २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय एवं मिथिला अवध सांस्कृतिक संरक्षणको संयोजनमा जनकपुरधाममा भएको बृहत्त छलफलमा बोल्दै सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
उहाँले, रामायण सर्किटको निर्माण भएपछि प्रदेशलाई धार्मिक पर्यटनमार्फत् समृद्धिको वाटोमा लान सकिने भएकाले प्रदेश सरकारले संघीय सरकार तथा अन्य दातृ निकाय रं देशसँग पनि सहकार्य गर्नका लागि तयार रहेको बताउनुभयो ।
मुख्यमन्त्री राउतले रामायण सर्किट धार्मिक पर्यकीय क्षेत्र मात्र नभई दुई देश वीचको सम्बन्धका साथै त्रेता युगिन सभ्यताको झझल्को दिने भएकोले दुबै देशका केन्द्रिय सरकारलाई यसको विकासका लागि अग्रसर हुन आग्रह समेत गर्नुभयो ।
उहाले करौडौ हिन्दुहरुको आस्थाको केन्द्र जानकी मन्दिरका साथै यस क्षेत्रको विकासमा केन्द्र सरकारले अझै ध्यान दिन नसकेको गुनासो गर्दैे प्रदेश सरकारले आफनो क्षमताले भ्याएसम्म जानकी मन्दिरलाई विश्वमा चिनाउने कार्यलाई सरकार गठन भएदेखि नै लागेको बताउनुभयो ।
कार्यक्रममा प्रदेश सरकारका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री रामनरेश रायले जनकपुर क्षेत्रको विकासका साथै रामायणकालिन अवशेषको रुपमा रहेको धनुषाको धनुषाधामको विकासमा भारत सरकारलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा भारत सरकारको पूर्व मन्त्री डा. संजय पासवानले मिथिला क्षेत्रको विकासमा रामायण सर्किटको भूमिका महत्वपूर्ण हुने बताउदै यो ठाउँ विश्वका पर्यटक भ्रमण गर्ने ईच्छुक ठाउँ भएकाले यस क्षेत्रको सवै क्षेत्रको विकासका लागि कामकाज गर्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा रामायण सर्किटका अध्यक्ष एवं शोधकर्ता डा. रामवतार शर्मा, प्रदेश सभा सदस्य रामअशिष यादव, साधवी हेमलता सहितका वक्ताहरुले नेपाल भारतका साथै मिथिला र अवधका सम्बन्धबारे विस्तृत व्याख्या गर्दै विश्वका हिन्दुहरुका लागि पवित्र स्थल एवं अध्येताहरुका लागि ज्ञान आर्जन गर्ने स्थल अहिलेपनि भएको बताउनुभयो ।
रामायण सर्किटको अध्ययन गर्दा नेपाल र भारतको २ सय ९० स्थानको पहिचान गरिएको जानकारी सो अवसरमा दिइयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button