तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतमा विप्लवका कार्यकर्ता पक्राउ

सुर्खेत। सुर्खेत प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्तालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतको गस्ती टोलीले विहिबार वीरेन्द्रनगर–११, पिपिराबाट विप्लवको युवा संगठन भेरी कर्णाली व्यूरो सदस्य तथा रेड युथ फोर्सको अध्यक्ष हिमशिखर भनिने शिखर पहाडीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी प्रदीपबहादुर क्षेत्रीले शंकास्प्द तरिकाले घुमिरहेका पहाडीलाई चेकजाँच गर्दा प्रहरीसँग वादविवाद गरेपछि निजलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि थप अनुसन्धान शुरु गरिएको बताउनुभयो । उहाँका अनुसार पक्राउ परेका ३४ वर्षीय पहाडी पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–९, निवासी हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button