तपाईँ सुन्दै हुनुहुन्छः

पुलिस क्लबको फुटबल टोली र केल्मीबीच सम्झौता

अजय बम । विभागीय टोली नेपाल पुलिस क्लबको फुटबल टोली र खेल सामाग्री कम्पनि केल्मीबीच सम्झौता भएको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीसँगै नेपालका शीर्ष क्लबहरुको साथ पाएको केल्मीले पुलिससँग सम्झौता गरेको हो ।

सम्झौता पत्रमा पुलिसका तर्फबाट एआईजी पुस्कर कार्की र केल्मीका तर्फबाट एकमात्र आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्रालिका निर्देशक प्रदिप न्यौपानेले हस्ताक्षर गर्नुभयो ।

सम्झौताअनुसार पुलिसको पुरुष तथा महिला फुटबल टोलीले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा २ वर्षसम्म केल्मीको खेल सामाग्री प्रयोग गर्नेछ ।

यसअघि केल्मीले नेपाली फुटबलको सर्वाधिक सफल क्लब तथा लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग पनि सम्झौता गरेको थियो ।

केल्मीले लामो समयदेखि नेपाली राष्ट्रिय फुटबल टोलीको पनि जर्सी उत्पादन गर्दै आएको छ । राष्ट्रिय टोलीको जर्सीसँगै क्लबका जर्सीहरु पनि केल्मीमा सर्वसाधारणका लागि उपलब्ध रहँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button