तपाईँ सुन्दै हुनुहुन्छः

‘बलियो शक्तिले मात्रै देशलाई समृद्धितिर लैजान सक्छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै कम्युनिष्ट पार्टी र समुहहरुलाई समेटेर एउटै बलियो केन्द्र बनाएपछि मात्रै देशलाई सामाजिक रुपान्तरण, विकास र समृद्धितिर लैजान सकिने बताउनु भएको छ ।

आज ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले आवश्यकता अनुसार विचार राजनीतिलाई परिमार्जित गरेर संसारलाई नयाँ समाजवादको मोडेल दिन सकिने बताउनुभयो ।

पार्टी विभाजित हुँदा प्रतिक्रियावादीले फाइदा उठाउने गरेको भन्दै अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलनमा लामो समय योगदान गरेका बरिष्ठ नेताहरुलाई पनि नेकपामा आउन आव्हान गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button