तपाईँ सुन्दै हुनुहुन्छः

वासुदेव मुनाल बाल पुरस्कार केसीलाई

काठमाडौं । वासुदेव कोइराला मुनाल फाउण्डेशनले यस वर्षको वासुदेव मुनाल बालपुरस्कार बाल कलाकार आयुष के.सी लाई प्रदान गरेको छ ।

स्वर्गीय वाशुदेव मुनालको ७० औ जन्मजयन्तीका अवसरमा फाउण्डेशनले आज काठमाडौमा आयोजना गरेको कार्यक्रममा श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्री गोकर्ण विष्टले बाल कलाकार केसीलाई २१ हजार नगद पुरस्कार प्रदान गर्नुभयो ।

पुरस्कार वितरण गर्न आयोजित कार्यक्रममा मन्त्री विष्टले बासुदेव मुनालले बाल साहित्य र गीत संगीत क्षेत्रमा उल्लेख्य योगदान गर्नु भएको बताउनुभयो ।

पूर्वप्रधान न्यायाधिश शुशिला कार्की, वरिष्ठ नाटककार अशेष मल्ल, गितकार तथा कवि डा. कृष्ण हरि बराल, डा. उपेन्द्र कोइराला, मोहित कोइराला लगायतका वक्ताले बालबालिकाको क्षेत्रमा स्वर्गीय बासुदेव मुनालले पुर्याउनु भएको योगदानको चर्चा गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button