तपाईँ सुन्दै हुनुहुन्छः

रोकिराखेको टकमा कार ठोक्किदा एक जनाको मृत्यु

बुटवल-पूवै पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको सुनवल नगरपालिका वडा नम्वर १२ भूमईमा रोकिराखेको टकमा कार ठोक्किदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भिर घाइते भएका छन । गएराति सवा ११ बजे पूर्वबाट पश्चिम तर्फ आउदै गरेको बा १६ च २७५१ नम्वरको कार सडकमा रोकिराखेको लु २ ख ३१२१ नम्वरको टकमा ठोक्दिा दुर्घटना भएको ५ नम्वर प्रदेश टाफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

दुर्घटनामा गम्भिर घाइते भएका रुपन्देहीको तिलोत्तमा नगरपालिकाका अन्दाजी ४५ बर्षिय गोकर्ण पौडेलको लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको छ । त्यस्तै कारचालक बुटवल लक्ष्मिनगरका २८ बर्षिय सुरेश पोखरेलको बुटवल स्थित सीटी अस्पतालमा उपचार भई रहेको छ ।वर्षा भएको र चालकले मापद पदार्थ सेवन गरेकाले कार टकमा ठोक्किएको आशंका प्रहरीले गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button