तपाईँ सुन्दै हुनुहुन्छः

रुपचन्द्रको “थाहा दर्शन” विद्यालयमा पढाईने

मकवानपुर। उत्तरी मकवानपुरको थाहा नगरपालिकाले जनवादी नेता रुपचन्द्र विष्टले प्रतिपादित गर्नुभएको “थाहा दर्शन” लाई विद्यालय शिक्षामा समेत समावेश गर्ने भएको छ । थाहा नगरपालिकाको पाँचौ नगरसभाले उक्त विषय पारित गरेको हो ।
थाहा नगरपालिकामा जन्मेर नेपालभर जनवादको विषयमा वकालत गर्दै हिड्नुभएका विष्टको “थाहा दर्शन” बाटै नगरपालिकाको नाम समेत राखिएको छ । विद्यालय शिक्षामा रुपचन्द्र विष्टको दर्शनले विद्यार्थीहरुमा सकारात्मक प्रभाव पार्ने भएकोले विद्यालय स्तरमै उक्त विषयको अध्ययनको स्विकृत दिईएको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले जानकारी दिनुभयो ।
रुपचन्द्र विष्ट थाहा नगरपालिकाको मात्र नभएर नेपालभरकै जनविश्वास जितेका नेता भएको भन्दै उनको जीवनी तथा दर्शनलाई विद्यार्थीमाझ पुर्याउनुपर्ने आजको आवश्यक्ता रहेको प्रमुख बिष्टले बताउनुभयो । विद्यालयमा अध्यापनको लागि कस्तो विषय र कस्तो पाठ्यक्रम निर्धारण गर्ने भन्ने विषयमा चाँडै नै निर्णय हुने र काम सुरु हुने समेत बिष्टले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button