तपाईँ सुन्दै हुनुहुन्छः

बर्षाले फाखेल सिस्नेरी सडक अवरुद्ध

मकवानपुर। निरन्तरको वर्षाको कारण हेटौडाबाट काठमाण्डौ जोड्ने छोटो दुरीको सडक हेटौडा– सिस्नेरी–काठमाण्डौ सडकखण्ड तथा हेटौडा–फाखेल–काठमाण्डौ सडक पूर्णरुपमा बन्द भएको छ ।
इन्द्रसरोबर गाउँपालिका वडा नम्बर २ स्थित सडक क्षेत्रमा ठूलो पहिरो जाँदा सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभएको छ । त्यस्तै, हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको हेटौडा–फाखेल–काठमाण्डौ सडक खण्ड स्थित इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ र ३ को सिमा छेपारोमा गएको पहिरो हटाउन नसकिएको उहाँले जानकारी दिनुभयो । यसबाहेक यी दुबै सडक खण्डका धेरै ठाउँमा पहिरो गएको छ । निरन्तर वर्षा भैरहेको कारण पहिरो हटाउन समस्या भएको र सडक सुचारु गर्न समस्या भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button