तपाईँ सुन्दै हुनुहुन्छः

विश्व बैंकले १० करोड सहुलियत ऋण उपलब्ध गराउने

काठमाण्डौ । विश्व बैङ्कले सहुलियत ऋण स्वरुप १० करोड डलर करिब ११ अर्व रुपैयाँ बरावरको रकम नेपाल सरकारलाई उपलब्ध गराउने भएको छ ।
शुक्रबार अर्थ मन्त्रालयमा नेपालका तर्फबाट राजस्व सचिव लालशंकर घिमिरे र विश्व बैंकको नेपालका लागि कन्ट्री म्यानेजर हडाड जरभसबीच उक्त ऋण सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
नेपालको संघीयता विकास र कार्यान्वयनका लागि आर्थिक सहयोग गर्दै आएको विश्व बैंकले स्थानीय स्तरमा सार्वजनिक वित्तिय व्यवस्थापन र दिगो नीतिगत ढाँचा निर्माणका लागि सहुलियत ऋण उपलब्ध गराएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button