तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वप्रधानमन्त्री नेपाल र श्रीलङ्काली नेताहरूबीच भेट

काठमाडौँ । श्रीलङ्का भ्रमणमा रहनुभएका नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले त्यहाँका शीर्ष नेताहरूसँग भेट गर्नुभएको छ ।

भेटका अवसरमा नेपाल र श्रीलङ्काबीचको मित्रतापूर्ण सम्बन्धका बारेमा चर्चा हुनुका साथै बुद्धको जन्मस्थान नेपाल र बौद्धमार्गी मुलुक श्रीलङ्काबीच जनस्तरको सम्बन्ध विस्तारमा जोड दिइएको थियो ।

लामो समय द्वन्द्व भोगेका दुवै मुलुकका नेताहरूले आ–आफ्नो देशका द्वन्द्व समाधानका अनुभवका बारेमा चर्चा गर्नुभएको नेकपाका नेता विष्णु रिजालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button