तपाईँ सुन्दै हुनुहुन्छः

बजेट प्रभावकारी ढंगले अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन १ गतेदेखि आगामि आर्थिक वर्षको बजेट प्रभावकारी ढंगले अघि बढाउन नेपाल सरकारका मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको आयोजनामा सिंहदरबारमा हिजो सुरु भएको चालु आर्थिक वर्षको वार्षिक समीक्षा कार्यक्रमको आज समापनका अवसरमा कमी कम्जोरीबाट पाठ सिक्दै कार्य योजनाका साथ अघि बढ्न निर्देशन दिनुभएको हो ।

आउने वर्ष कुनै तर र यदिलाई सहन गर्न नसकिने बताउँदै प्रधानमन्त्री ओलीले विकास निर्माणको कामको अनुगम प्रणालीलाई अझ प्रभावकारी बनाउनु पर्ने आवश्यकता औंल्याउनु भयो ।

मन्त्री, सचिवलगायत सम्बन्धित सबैलाई आ–आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक वोध गर्दै जेठ १५ गते वजेट पारित भइ विनियोजन विधेयक समेत समयमै पारित भएको अवस्थामा समेत अन्तिम समयमा आएर काम गर्न थालिएको अवस्थालाई इंगित गर्दै उहाँले भन्नु भयो, अवस्थामा खासै अन्तर देखिएन । यसतर्फ सबैले गम्भीर हुनु पर्दछ ।

सरकारका विभिन्न मन्त्रालयहरुबीच प्रभावकारी समन्वय हुनु पर्ने कुरामा जोड दिंदै प्रशासकहरुले समन्वय, निर्देशन र कार्यान्वयन गराउने कुरामा गम्भीरतापूर्वक ध्यान पु¥याउन प्रधानमन्त्रीले निर्देशन दिनुभयो ।

विकास निर्माणका सम्बन्धमा गलत व्रिफिङ हुन नहुने भन्दै प्रधानमन्त्री ओलीले उपलब्धि हासिल हुने गरी काम गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले राजधानीको विकास, निर्माण र सौन्दर्यमो विशेष ध्यान मन्त्रालयहरुलाई आव्हान गर्नु भयो ।

प्रधानमन्त्री ओलीले सरकारका राम्रा र असल कामहरुलाई ओझेलमा नपारी सकारात्मक कामहरुका बारेमा जनतालाई सुसचित गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button