तपाईँ सुन्दै हुनुहुन्छः

घुस रकमसहित डिभिजन वन अधिकृत पक्राउ

आकाश तारा बयक, सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय सुर्खेतका डिभिजनल वन अधिकृत भक्तबहादुर लामालाई चार लाख रुपैयाँ घुस सहित रंगेहात पक्राउ गरेको छ ।

आयोगको सुर्खेत कार्यालयले शुक्रबार डिभिजनल प्रमुख लामालाई सेवाग्राहीसँग घुस लिंदै गर्दा उहाँकै कार्यकक्षबाट रंगेहात पक्राउ गरेको हो ।

काठको छुट पुर्जाको म्याद थप गराइ दिने बहानामा सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ गरिएको आयोग सुर्खेत कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button