तपाईँ सुन्दै हुनुहुन्छः

अस्पतालबाटै शिशु बेपत्ता, अझैं भेटिएन

रामपुर-पाल्पाको सदरमुकाम तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेज प्रभासबाट नवजात शिशु बेपत्ता भएको छ । शुक्रवार कलेजबाटै हराएको शिशु अझैसम्म नभेटिएको प्रहरीले बताएको छ ।  तानसेन नगरपालिका वडानम्बर ९ सन्ढापका जमुना रानाले जन्माउनुभएको नवजात शिशु शुक्रवार हराएको र अहिले सम्म पनि फेला नपरेपछि खोजीकार्य तिव्र पारिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक कृष्णराज सापकोटाले जानकारी दिनुभयो ।

शुक्रवार विहान करिव ११ वजे बच्चा जन्माएकी रानालाई उनकी आमाले ज्वानोको झोल लिन शिशुलाई काखमा च्यापेर अस्पतालको क्यान्टिनमा गएकी र शिशु लिन सहयोग गर्न भन्दै अपरिचित महिलाले शिशु मागेर लिएर अस्पताल फर्किदै गरेको तर ज्वानोको झोल लिएर रानाकी आमा छोरी भएको ठाउँ अस्तालको माथिल्लो तला पुग्दा शिशु लिएकी महिला नआएपछि बल्ल हराएको थाहा भएको राना परिवारले जनाएको छ ।

शुक्रवार दिउँसो शिशु हराएपनि राना परिवारले वेलुका मात्रै प्रहरीमा खवर गरेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।  शिशुलाई तिनै अपरिचित महिलाले लगेको आशंका गरिएपनि अहिले सम्म फेला नपरेको प्रहरी उपरिक्षक सापकोटाले बताउनुभयो । मेडिकल कलेजमा सिसी क्यामेरा समेत विग्रीएको अवस्थामा रहेकोले घटनावारे पत्ता लगाउन समस्या भएको उहाँको भनाई छ ।

मेडिकल कलेजका स्टाफ र स्वंम परिवारको लापबार्हिले घटना घटेको प्रहरीको ठम्याई छ । अहिले जिल्लाका विभिन्न नाका तथा छिमेकी जिल्लामा समेत अनुसन्धानलाई तिव्र पारिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button