२०७७ साल चैत २९ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

बाढीले बगाउँदा दुईको मृत्यु , त्रिभुवन राजपथ अवरुद्ध

रेडियो नेपाल २०७६ असार २८ गते ८:४८

हेटौँडा-मकवानपुर जिल्लाको कैलाश गाउँपालिका–१० नामटारस्थित शुक्रबार दुर खोलाले बगाउँदा सोही वडा बस्ने वर्ष ५५ को सानुकान्छा सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनको शव स्थानीय प्रहरीले आज बिहान खोजतलास गर्दा फेला परेको हो । मकवानपुरमा बाढीले बगाउँदा एक छात्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुले शुक्रबार जनाएको छ ।

अविरल वर्षातले गर्दा त्रिभुवन राजपथको महभिरमा पहिरो र रुख ढल्नाले हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा आजै बिहानैदेखि अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । यसैगरी अविरल परेको वर्षात्ले भैँसेदेखि निबुवाटारबीचको स्थानमा पहिरो जाँदा हेटौँडा–भीमफेदीतर्फ यातायात सेवा पनि अवरुद्ध भएको छ ।

यसैगरी हेटौँडा कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सिस्नेरी र फाखेल तर्फको सडकखण्डमा शुक्रबारदेखि यातायात सेवा अवरुद्ध भएको छ । हेटौँडा–कुलेखानी–फाखेलतर्फको पहिरो हटाई यातायात सेवालाई सञ्चालन गर्न प्राविधिक र डोजर त्यसतर्फ पठाइसकेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताउनुभयो । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा–नारायणगढ–सडकखण्डमा यातायात सेवा पनि आजै बिहानैदेखि सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

सम्बन्धित

विशु पर्व मनाउन स्वदेश फर्कनेको लर्को

२० मिनेट अगाडि शेरबहादुर सिंह

भारतमा एकै दिन एक लाख ५२ हजार सङ्क्रमित

३० मिनेट अगाडि रेडियो नेपाल

सोमालियाको विस्फोटमा पाँचको मृत्यु

३४ मिनेट अगाडि रेडियो नेपाल